काठमाडौं– क्लिनिकल ल्याबहरुको गुणस्तर वृद्धि गर्ने लक्ष्यसहित कार्यशाला बयोजना गरिएको छ। अमेरिकी विशेषज्ञ रहेको दुर्इ दिने कार्यशाला काठमाडौंमा गरिएको हो। अगस्त २२ र २३ (भाद्र ६ र ७ गते) भएको कार्यशाला अमेरिकन एसोसिएसन फोर क्लिनिकल केमिस्ट्री (एएसिसि), वाल्लेस एच कुल्टर फाउन्देसन र नेपालएसोसियसन फर मेडिकल ल्याबरोटरी साइन्स(एनएएमएलएस)ले संयुक्त रुपमा आयोजना गरेका हुन्।
कार्यशालालाई उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए। उनले यस्ता कार्यशालाले नेपालको मेडिकल प्रयोगशालाको रिपोर्ट अझै गुणस्तरीय बनाउने व्यक्त गरे।
गोष्ठीमा आन्तरिक तथा बाह्य गुणस्तर नियन्त्रण कसरी लागु गर्ने ? आइएसओ गुणस्तरको प्रयोगशाला कसरी स्थापना गर्ने ? जोखिम व्यवस्थापन कसरी गर्ने ? लगायतम केन्द्रित थियो। एउटै नमूनालाई फरक प्याथोलोजी ल्याबमा परीक्षण गर्दा फरक रिपोर्ट आउने कमजोरीलाई हटाउन पनि कार्यशाला लाभदायक भएको कार्यक्रम आयोजक समितिका सचिव राजेश कुमार गुप्ताले बताए। गोष्ठीमा पाँच जना अमेरिकन विशेषज्ञहरु डा भिक्टोरिया झाङ डा रोबर्ट रेज डा ग्यारी होरोविट्ज डा श्रीदेवी देवराज र एलियास कारोले आफ्नो राय तथा सुझाव दिएका छन्।