इनरुवा– सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे। सुनसरीको पिछडिएको गाउँपालिका मध्य पर्ने देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स नहुँदा सर्वसाधारणलाई उपचारका लागि समस्या हुँदै आएको थियो ।
एम्बुलेन्सको अभावमा कतिपय बिरामीको अकालमा समेत मृत्यु हुने गरेको स्थानीयको भनाइ छ। गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।