समाचार

बिमस्टेक: मेडिसिटी अस्पतालका डाक्टरहरु हेलिकप्टर सहित तयारी अवस्थामा

स्वास्थ्यखबर

काठमाडौं- बिमस्टेक सम्मेलनका लागि नेपाल आएका विभिन्न देशका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनालाई आकस्मिक चिकित्सा सेवा दिन नेपाल मेडिसिटी अस्पताल हेलिकोप्टरसहित तयारी अवस्थामा रहेको छ।

नेपाल मेडिसिटी अस्पतालको आईसियु, इमरजेन्सी तथा भिआईपी वार्डहरूमा पनि बिमस्टेकका लागि विशेष व्यवस्था मिलाएको अस्पतालले जनाएको छ।

अस्पतालले इमर्जेन्सी कक्ष तथा हेली इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख डा. संजय कार्कीको नेतृत्वमा सिम्रिक एयरको हेलिकप्टरलाई अस्पतालको हेलिप्याडम राखिएको छ।

नेपाल मेडिसिटी अस्पतालले हेली इमर्जेन्सी मेडिकल सर्भिसका लागि दुई वटा टोलीलाई तयारी अवस्थामा राखेको छ भने एउटा टोली एम्बुलेन्ससहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भम्रण टोलीका साथमा आकस्मिक उपचारका लागि खटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिसिटीे अस्पताललाई हेलिकप्टरसहित आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहन पत्राचार गरेको अस्पतालले जनाएको छ। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने