चितवन- भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित भएका छन्। नेपाल नेत्रज्योति सङ्घको केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन भएका छन्। मास्के यसअघिका अस्पताल सञ्चालक समितिको अध्यक्ष रहेका थिए, भने श्रेष्ठ नेत्रज्योति सङ्घ चितवनको उपाध्यक्ष, खड्का कोषाध्यक्ष र अधिकारी सहसचिव थिए।
अध्यक्ष धरेल नेत्रज्योति सङ्घ चितवन शाखाको नवनिर्वाचित सभापति हुन्। सञ्चालक समितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिव र महानगरपालिकाको प्रतिनिधि सदस्य हुने व्यवस्था छ। अस्पताल नेत्रज्योति सङ्घले सञ्चालन गर्दै आएको छ। रासस