काठमाडौं– वीर अस्पतालले निजामती सेवा दिवसको अवसर पारेर सिंहदरबारमा दुई दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ।
आज र भोली गरेर दुई दिनसम्म चल्ने शिविरमा विशेषज्ञ चिकित्सकहरु समेत रहेका छन्। शिविरमा मधुमेह विशेषज्ञ र मुटु रोग विशेषज्ञसहितको टोली रहेको वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बताए।
शिविरमा सिंहदरबारका कर्मचारीको निशुल्क सुगर तथा मुटुको जाँच गरिने छ।


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।