काठमाडौं – त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले २२ औं वार्षिकोत्सव मनाएको छ। केन्द्रले गत आर्थिक वर्ष २०७४÷७५ मा एक लाख ५ हजार ७ सय ३४ जनालाई उपचार सेवा दिएको छ।
केन्द्रमा आइतबार आयोजित कार्यक्रममा गत वर्ष केन्द्र ४ हजार ४ सय ६९ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी दिइएको छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाल केन्द्रको सेवा विश्वका कुनै पनि विश्वविद्यालयको सेवा भन्दा कम नभएकोे बताए।
चिकित्साशास्त्रा अध्यान सस्थानका डिन डा जगदिशप्रसाद अग्रवालले आँखा अस्पतालले गरेको प्रगति सबैले सिक्नु पर्ने बताए। ‘आँखा अस्पताल जस्तो प्रगति सबै क्षेत्रमा बनाउन सकियो भने हामीले संसार खोज्दै जानु पर्दैन, संसारभरबाट हामीलाई खोज्दै आउँछन्’ उनले भने।
अस्पतालका कार्यकारी निर्देशक डा आनन्द कुमार शर्माले स्थापना कालदेखि लिएको उद्धेश्य अनुसार नै काम अगाडि बढीरहेको जानकारी दिए। उनले छिट्टै टेलिमेडिसिन सेवा सुरु गरेर अध्ययन अध्यापन र अनुसन्धानको लागि प्रयोग गर्ने जानकारी दिए।