काठमाडौं— आत्महत्या विश्वै चिन्ताको विषय बनेको छ। आत्महत्या गर्ने अधिकाश मानिसलाई डिप्रेशन हुने चिकित्सकीय भनाई छ। हाम्रो देश पनि सबै भन्दा धेरै आत्महत्या हुने देशहरुमध्ये सातौँ नम्बरमा पर्छ।
नेपालमा पनि आत्महत्या गर्ने धेरै मानिस डिप्रेशनमा भएको तथ्याङ्गक छ। आत्महत्यालाई निरुत्साहित गरी रोकथाम गर्न आजको दिनलाई देशभर आत्महत्या रोकथाम दिवसको रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने चलन छ।
नेपालमा पनि आज स्वास्थ्य मन्त्रालय, नेपाल मनोचिकित्सक संघलगायत मानसिक स्वास्थ्यमा काम गर्ने विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक र्याली निकाली दिवस मनाएका छन्।
नेपाल मनोचिकित्सक संघका अध्यक्ष डा अरुण कुँवरले आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याउने कारणसमस्या बारे चर्चा गरी तिनको समाधान गर्न सकिन्छ भन्ने जनचेता आवश्यक भएको बताए।
उनले नेपालमा आत्महत्याको मुख्य कारण डिप्रेशन भएको र त्यसको उपचार हुन सके पूर्णरुपमा निको हुने भएकाले त्यसबारे सबैलाई जानकारी दिनुपर्ने बताए।
उनले भने,“आत्महत्या सोचबारे मनमिल्ने साथीसँग कुरा गर्ने, तनाव धेरै भए चिकित्सकसाग कुरा गर्ने गर्नुपर्छ।”