काठमाडौं- रोट्रयाक्ट क्लब अफ किष्ट मेडिकल कलेज र रोट्रयाक्ट क्लब अफ काठमाडौ मेडिकल कलेजले संयुक्त रुपमा आयोजना गरेको अन्तर मेडिकल हिज्जे प्रतियोगितामा किष्ट मेडिकल कलेज विजयी भएको छ।
प्रतियोगितामा किष्ट मेडिकल कलेजका आर्शिवाद आचार्य र क्षितिज कार्कीले पहिलो स्थान ओगट्न सफल भए भने फस्र्ट रनअरपमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ओजश थापा र अदिति परियारले जित्न सफल भए । त्यसैगरी थर्ड रनरअपमा नेपाल मेडिकल कलेजका सुप्रिता श्रेष्ठ र रेजिना निरौला विजयी भए ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडाँै मेडिकल कलेज, नेपाल मेडिकल कलेज, काठमाडाँै युनिभर्सिटी गरी १२ कलेजबाट विद्यार्थीहरु प्रतियोगितामा सहभागी थिए ।
