काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई मातृशिशुको क्षेत्रमा योगदान पु¥याएको भन्दै ग्लोबल म्याटरनल भिजनरी अवार्ड प्रदान गरिएको छ।
अमेरिकाको बोस्टनमा आयोजित एक कार्यक्रममा सचिव चौधरीलाई अवार्ड प्रदान गरिएको हो। म्याटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा डा चौधरीसहित १० जनालाई अवार्ड दिइएको छ।
अवार्डका लागि विश्वभरका विभिन्न देशका ३ सय ८० जना मनोनयनमा परेका थिए। मनोनयनमा रहेकामध्ये उत्कृष्ट १० लाई उक्त अवार्ड प्रदान गरिएको हो।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।