काभ्रे - काठमाडौं विश्वविद्यालय (केयू) चिकित्साशास्त्र तर्फको २४ औं दीक्षान्त समारोह सम्पन्न भएको छ। धुलिखेलमा आयोजित दीक्षान्त समारोहमा चिकित्साशास्त्र तर्फका विभिन्न विषयका १ हजार ५ सय ५५ जना विद्यार्थी दीक्षित भएका छन्।
केयू स्कुल अफ मेडिकल साइन्सेसका डिन डा राजेन्द्र कोजुका अनुसार २४औँ दीक्षान्त समारोहमा एमबिबिएस तर्फका ९ सय ६९, बिडिएस तर्फ १ सय ६६, बिएस्सी 4का १ सय ८२, बिएनएसका १८, बिपिटीका २२, एमडी, एमएस, एमडिएस, एमएस्सी, डिएम र एमसिएच १ सय ९८ जना विद्यार्थी दीक्षित भएका छन्।
केयूका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्नातक तह एमविबिएसमा सबैभन्दा बढी अंक ८१ दशमलव ५७ प्रतिशत प्राप्त गर्ने नेपाल मेडिकल कलेज काठमाडौंका मनाली भट्टलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे। उनले अन्य दीक्षित विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा उनले चिकित्सा क्षेत्रमा रहेका विकृति, विसंगतिको अन्त्य हुने गरी चिकित्सा शिक्षा विधेयक पास हुने जानकारी पनि दिए।
कार्यक्रममा प्रमुख अतिथि रहेका इन्टरनेशनल सेन्टर फर माउन्टेन डेभेलप्मेन्ट (इसिमोड) का महानिर्देशक डेभिड जेम्स मोल्डनले विद्यार्थीलाई जोश, जागर, हौसला र विश्वासका साथ दुर्गम भेग गएर सेवा दिन अनुरोध गरे।
भिडियो :