चितवन– खैरहनी नगरपालिकाले बुधबार ४ जना महिला स्वयंसेविकालाई पुरस्कृत गरेको छ। १५औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका सेवा दिवसको अवसरमा नगर भित्र रहेका महिला स्वास्थ्यसेविकामध्ये ४ जनालाई पुरस्कृत गरेको हो।
दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी खैरहनी नगरपालिका–१ की कृष्णकुमारी ढुंगाना, खैरहनी–५ की मन्जुश्री चापागार्इं, खैरहनी–११ की खड्ककुमारी भण्डारी र खैरहनी–१२ की कालिका रायमाझीलाई जनही १ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए।
खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया र स्वास्थ्य शाखा संयोजक माया पाण्डेले स्वयंसेविकाहरुलाई दोसल्ला ओढाई नगदले पुरस्कृत गरेका थिए।
उपमेयर थपलियाले स्वयंसेविकाहरुले निस्वार्थ सेवा प्रदान गरेकै कारण शिशु र मातृ मृत्युदर कम भएको बताइन्।
खैरहनीमा ३६ जना महिला स्वास्थ्य स्वयंसेविका छन्।