काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा आधाभन्दा बढी विद्यार्थी फेल भएका छन्।
काउन्सिलले आज लिएको परीक्षामा ५६ प्रतिशत विद्यार्थी फेल र ४४ प्रतिशत मात्र पास भएका हुन्।
परीक्षामा एमबिबिएस तर्फ १ हजार ३ सय ११ जना सहभागी भएकोमा ५ सय ९८ जना मात्रै पास भए भने बिडिएस तर्फ १ सय ८६ जना सहभागी भएकोमा ६९ जना मात्र पास भए।