काठमाडौं- नेपाल फिजियोथेरापी संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। संघको हालै भएको अधिवेशनले लक्ष्मण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्वास श्रेष्ठ, उपाध्यक्षमा नविना श्रेष्ठ, महासचिवमा समिद कतिला श्रेष्ठ, सचिवमा निष्ठा श्रेष्ठ, कोषाध्यक्षमा दिलदीप खनाल र सहकोषाध्यक्षमा स्मृति सुवाल निर्वाचित भएका छन्।
यसैगरी, खुला सद्सयमा ज्यानेन्द्र झा, सुरज भुषाल, तेन्जिङ डेविड शेर्पा, जितेन्द्र कुमार सिंह र तेन्जिङ नोर्वु लामा निर्वाचित भएका छन्। अन्य सदस्यहरुमा श्याम सुन्दर यादव (मधेसी), निभा वज्रचार्य (महिला) र विमल प्रजापती (जनजाती) रहेका छन्।
संघको राष्ट्रिय परिषद् सदस्यहरुमा मन्जु ज्ञवाली, सुजित सिंह, शैली थापा, ईश्वर तिमिल्सिना र देवेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।