रुपन्देही- रुपन्देही र नवलपरासी जिल्लाको स्वास्थ्यका विषय हेर्ने गरी रुपन्देहीमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना भएको छ। संघीयता अनुसार तयार भएको नयाँ संरचना अनुसार स्थापना भएको कार्यालयको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज उद्घाटन गरेका हुन्।
मन्त्री बरालले जिल्लामा स्वास्थ्यका कर्मचारीको अभाव नहुने बताए। उनले कर्मचारीलाई खटाएको स्थानमा राम्रोसँग काम गर्न पनि आग्रह गरे।
प्रदेश ५ मा ६ वटा प्रादेशिक स्वास्थ्य कार्यालय रहनेछन्। रुपन्देही कार्यालयमा पुष्पा थापालाई प्रमुख तोकिएको छ।
उद्घाटन कार्यक्रमा प्रादेशिक स्वास्थ्य निर्देशननालयका निर्देशक डा बिनोद कुमार गिरी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला समन्य समिति रुपन्देहीका संयोजक एकराज बिक, सामाजीक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरी, शिद्धार्थ नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीलगायतले स्वास्थ्य कार्यालयको महत्वका विषयमा बोलेका थिए।