रसुवा– रसुवाको नौकुन्ड र कालिकास्थानमा अल्का अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर गरेको छ।
शिविरलाई लाइन्स क्लब अफ काठमाडौं अल्का र जनता बैंकले समेत साथ दिएका थिए।
विशेष गरी स्त्री रोगका बारेमा स्थानीयलाई जनचेतनासमेत गराइएको थियो। अल्का अस्पतालकी स्त्री रोग विशेषज्ञ डा रंगिना लाइकङबम, डा सुब्रिना राजभण्डारीका साथै जनरल फिजिसियन, छाला तथा यौन रोग विशेषज्ञ लगायतले बिरामीको स्वास्थ्य जाँच गरेका थिए।
शिविरमा परीक्षणका क्रममा समस्या देखिएका महिलाहरूलाई थप उपचारमा अल्का अस्पतालले नि:शुल्क गरिदिने अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिइन्।
शिविरमा ५ सयभन्दा बढीले स्वास्थ्य जाँच गरेको नर्स सुरुची खड्काले जानकारी दिइन्।
.jpg)