समाचार

बैतडी : स्वास्थ्य स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

बैतडी- दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ। 

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर रु छ हजार पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। 

महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन्। नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उनले बताए। 

स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। गाउँपालिकाले प्रोत्साहन भत्ता बृद्धि गराएकामा आफूहरू धेरै खुशी भएको श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले उल्लेख गरे। 

उनीहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन्। गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन्। जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ। रासस 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

Jeevan Khadka ,HA sonapur health post sunsari लेख्नुहुन्छ २०७५ मङ्सिर २९ शनिबार ५:०३ 

Sunsari ko Duhabi nagarpalika le nagarpalika antargat ka 103 jana fchv haru lai gata barsa dekhi nai masik 1000 ka dar le hune barsik 12000 protsahan vatta bapat bitaran gariraheko xa.yasko news banayara help garidinu hola.

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने