काठमाडौं– सचिव डा पुष्पा चाैधरीका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा सरेको छ। न्यायाधिशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लले मुद्दा हेर्न नमानेपछि सरेको हो। आफूले यसअघि आदेश गरेको भन्दै उनीहरुले हेर्न नमानेका हुन्।
उनीहरुको इजलाशले यसअघि सचिव चौधरीको सरुवा र सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिने सरकारको निर्णय झिकाउने आदेश गरेकाे थियो।
अव अर्काे पेशीमा मात्र चाैधरिकाे स्वास्थ्य सचिवकाे जिम्मेवारीका विषयमा सुनुवाई हुनेछ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।