ललितपुर– सानेपास्थित स्टार अस्पताल र ज्योति विकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा स्टार अस्पतालका तर्फबाट सिओओ डा सन्देश जिसी तथा ज्योति विकास बैंकका तर्फबाट बैंकका डिपुटी जेनरल म्यानेजर शुसिल कुमार शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार स्टार हस्पिटलले ज्योति विकास बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ। छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैंकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ। साथै अस्पतालले क्रिस्मस डे तथा अङग्रेजी नयाँ वर्षलाई लक्षित गरी आर्कषक छुटका साथ फेस्टिभ हेल्थ प्याकेज सेवा संचालन गरिरहेको अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।