काठमाडौं- हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार चिरायु अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने रहेको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट सञ्चालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गरेका छन्। उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ।