काठमाडौं– शुक्रबारबाट सुरु भएको तेस्रो नेपाल मेडिकल एक्स्पो सम्पन्न भएको छ।
एसडी प्रोमो मिडिया प्राइभेट लिमिटेड भारत र केमिकल एन्ड मेडिकल एसोसिएसन नेपालको संयुक्त आयोजनामा भएको उक्त एक्स्पो आइतबार सकिएको हो।
भुकृटीमन्डपमा भएको एक्स्पोमा ७ हजार भन्दा बढीले अवलोकन गरेको एसाेसिएसनका महासचिव सीताराम कार्कीले जानकारी दिए। उनका अनुसार एक्स्पोमा डा गोविन्द केसी, डा भोला रिजाल लगायतका वरिष्ठ डाक्टरदेखि स्वास्थ्य क्षेत्रका महत्वपुर्ण व्यक्तीहरु अवलोकनका लागि उपस्थित भएका थिए।
तीन दिनसम्म चलेको एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका थिए। एस्पोमा नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको प्रतिनिधिले स्टल राखेका थिए।