काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका अनुभवी बलर बसन्त रेग्मी अस्पताल भर्ना भएका छन्।
आइतबारदेखि जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि रेग्मी सोमबार बिहान ९ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। उनलाई डा जेपी जैसवालको टिमले उपचार गरिरहेको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ।
रेग्मी बिरामी परेपछि काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल गुमाएका थिए। विराटनगर वारियर्ससँगआबद्ध रेग्मले लिग चरणका ४ खेल खेलका थिए। उनले ४ खेलमा ४ विकेट लिएका थिए। उनले काठमाडौं किंग्स ११ विरुद्धको पाँचौ खेल भने गुमाए।
सोमबार कीर्तिपुरमा भएको खेलमा रेग्मी आबद्ध विराटनगरलाई काठमाडौं किंग्स ११ ले ५ विकेटले हरायो। हारसँगै डिफेन्डिङ च्याम्पियन विराटनगर इपिएलको समूह चरणबाटै बाहिरियो।