काठमाडौं– स्वर्गीय डा उपेन्द्र देवकोटाको ६६औं जन्मोत्सव रक्तदान तथा भावना र सुझाव आदनप्रदान गरी मनाइएको छ।
उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस, न्युरो अस्पतालमा एक कार्यक्रम गरी उनको जन्मोत्सव मनाइएको हो।
कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए। उपस्थित शुभेच्छुकहरुले यस अस्पतालमा काम गर्ने धेरैजसो स्वास्थ्यकर्मी देवकोटाका भरोसा जितेका व्यक्ति भएकाले अस्पतालको स्तरोन्नतिमा फड्को मार्ने कुरामा शंका नगर्न आग्रह गरेका थिए।
उक्त कार्यक्रममा रगत संकलन गर्नुका साथै ओपिडीमा आएका सम्पूर्ण बिरामीको नि:शुल्क उपचार गरिएको थियो, जसमा बिरामीले २५ प्रतिशत छुट पाएका थिए।