काठमाडौं - शरीरको विषक्त पदार्थहरु निकालेर शरीरमा सकारात्मक उर्जा उत्पन्न गराउने र तनाव कम गराउने प्राकृतिक उपचार विधी स्पाको क्षेत्रमा ख्याती कमाउँदै आएको ‘ट्रयाङक्युलिटी स्पा’ले होटल सोल्टीमा पनि आफ्नो सेवा सुरु गरेको छ।
ट्रयाङक्युलिटीले करिब १३ करोडको लगानीमा सोल्टीमा सेवा सुरु गरेको हो। अनोपचारिक रुपमा सेवा सुरु भइसके पनि ट्रयाङक्युलिटीले जनावरीमा औपचिरक रुपमा सेवाको सुरुवात गर्ने कार्यतालिका बनाएको छ।
ट्रयाङक्युलिटीको यो १५ औं शाखा हो। नेपालबाहेक ट्रयाङक्युलिटीको मलेसियामा समेत शाखा खोलेको छ। मलेसियाको मेरिओट होटलमा ट्रयाङक्युलिटीको सेवा चलिरहेको ट्रयाङक्युलिटीका अध्यक्ष भुवन फैँजुले जानकारी दिए।
उनका अनुसार सोल्टीमा खोलिएको शाखा स्पा मात्र नभई पूर्ण रुपमा वेलनेस सेन्टर हो। त्यहाँ स्पासहित योगा, मेडिटेसन, स्विमिङ पुल, जिम, व्युटी सुलन, टेनिस कोर्ट, स्टिम, साउना, फुट मसाज लगायतका सबै सेवा छ।
स्वस्थ जीवनशैली बनाउने विषयमा जनचेतना बढ्दै गएकाले सोल्टीमा सेवाहरु थप गरिएको कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए। ‘वेलनेसका कुरामा धेरै नै चेतना बढीसकेको छ। मानिसहरु हाम्रो जस्तो सेन्टरमा आउने क्रम बढीरहेकाले वेलनेससँग सम्बिन्धत सबै सेवा दिन सेवाहरु थप गरिएको हो,’ उनले भने।
उनका अनुसार सोल्टीको शाखामा अहिले ४५ जना कर्मचारी कार्यरत छन्।