काठमाडौं-नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पत्र प्राप्त स्वदेशी लघुवित्त संस्थाले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।
सुनसरी जिल्लाको इटहरीमा केन्द्रिय कार्यलय रहेको संस्थाले सितापाइला शाखामा सोमबार खुल्ला रक्तदान आयोजना गरेको हो। उक्त कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो।
त्यसै गरी इटहरी सुन्सरीमा विद्यार्थीसँग ट्राफिक जनचेतना कार्यक्रम,अाँखा शिविर,दाङको लमहीमा दन्त शिविर, मोतिचोक धनगढीमा रक्तदान,लम्की चुवा कैलाली र नौबस्ता बाँकेमा सरसफाइ,क्यामिन तनहुँमा वित्तिय साक्षेरताका लागि प्रभातफेरि कार्यक्रम समेत अायाेजना गरेकाे छ।
४६ जिल्लामा ७२ शाखा कर्यालय रहेको उक्त संस्थाले देशभरका शाखामार्फत सामुदायिक सेवा प्रदान गरेको हो।
समाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक सेवामा विभिन्न कार्यक्रम संस्थाले आयोजना गरेको संस्थाका अनुगमन अधिकृत दिपेन्द्र खतिवडाले जानकारी दिए।