रुपन्देही– प्रदेश नं ५को विभिन्न प्रदेश अन्तर्गत रहेका लुम्बिनी अञ्चल अस्पतालहरूको नाम फेरिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी अञ्चल अस्पतालहरूको नामाकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न सैद्धान्तिक सहमति दिएपछि नाम परिवर्तन हुने भएको हो।
सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल बुटवल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रहने भएको छ।
मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गत सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ।
प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकोले सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।