काठमाडौं– मकवानपुर राक्सिराङकी गंगामाया प्रजा १२ वर्षकै उमेरमा आमा बनेकी छिन्। काठमाडौंस्थित प्रसुतीगृहमा उनले छोरी जन्माएकी हुन्।
दिउसो १२:५७ बजे शल्यक्रियामार्फत् उनकाे प्रसूति गराइएको थियो।
१२ वर्षको कम उमेरमै गर्भवती भएकी गंगामाया बारे समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाउँदै उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएका थिए। मंसिर ५ गते उनलाई काठमाडौं ल्याइएको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।