राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनासँगको सहकार्यमा सप्तरीमा विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
शिविरको तयारीका लागि स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी पुगेका छन्। मन्त्री यादवले फागुन १ गतेदेखि राजविराजमा सञ्चालन हुने वृहद स्वास्थ्य शिविर सञ्चालनका लागि सरोकारवालासँग छलफल गरेका छन्।
‘मन्त्रालयवाट पठाईएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नु पर्यो, हाजिर हुन नआएकाको जानकारी तत्काल चाहियो’ मन्त्री यादवले भने– ‘शिविरका लागि र हाजिर हुन नआउनेहरुको लागि पनि अर्को व्यवस्था गरिन्छ ।’
स्वास्थ्य शिविरवाट सप्तरी, सिरहा, उदयपुर र सुनसरी जिल्लाका विरामीले सेवा लिन सक्ने स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जानकारी दिइन।
स्वास्थ्य सचिव चौधरी र नेपाली शेनाका उपरथि एवम् स्वास्थ्य महानिर्देशक शशी राई सहित आएका यादवले शिवीरका लागि जिल्लामा रहेको श्रोत साधन र जनशक्ति चुस्त राख्न निर्देशन दिए।