काठमाडौं–नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरा नर्भिक अस्पताल भर्ना भएका छन्।
दम बढ्ने र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिहीबार दिउँसो उनलाई अस्पताल भर्ना गरिएकाे हो।
अहिले उनको अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ।
उनी १९५६ अप्रिल २६ देखि १९६१ फेब्रुअरी ७ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।
उनले पछि हिमालयन बैंक लिमिटेड खोलेका थिए।
९१ वर्षीय शमसेर नेपालको बैंकिङ क्षेत्रका अग्रणी व्यक्तित्व मानिन्छन्।