काठमाडौं– ‘उत्कृष्ट स्वास्थ्य सेवाका लागि नर्सहरुको सशक्तिकरण’ भन्ने नारासहित सुरु भएको नर्सिङ नाउ अभियान अन्तर्गत काठमाडौं र पाल्पामा दुई दिने तालिम संचालन भएको छ।
नेपाल नर्सिङ संघ र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा राष्ट्रिय ट्रमा सेन्टर र पाल्पा तालिम संचालन भएको हो।
पाल्पा जिल्लामा ७० जना र काठमाडौंमा ट्रमा सेन्टर र वीर अस्पतालका गरी ५० जना नर्स सहित अन्य कर्मचारीलाई पनि तालिम दिइएको छ।
नर्सहरुको चुनौतीहरु सामाना गर्नुका साथै संचार सम्बन्धि सशक्तिकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पाल्पा जिल्ला कार्य समितीकी अध्यक्ष प्रवित्रा खनालले जानकारी दिइन्।
नेपाल नर्सिङ संघ इकाई समिति राष्ट्रिय ट्रमा सेन्टरको सल्लाहकार सोचना सापकोटाले नर्सहरुको नेतृत्वदायी क्षमता बढाउन तालिम दिइएको जानकारी दिइन्।
यो अभियान विश्व स्वास्थ्य संगठन तथा अन्तराष्ट्रिय नर्सिङ परिषदको पहलमा सुरु भएको हो। नर्सिङ नाउ अभियानमा सहभागी हुने देशमध्ये नेपाल १७ औं देश हो।