काठमाडौं- काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं स्थापना दिवस मनाएको छ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ग्राण्डी अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको सर्हाना गर्दै आगामी दिनमा थप जनमुखी र बिश्वस्तरिय सेवा विस्तार गर्दै जानुपर्ने बताए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ग्राण्डी अस्पतालको लोगोमा अंकित जिआइएचको अर्थ ''गिभिङ फ्रम दि इनर हार्ट'' अर्थात मनभित्रबाट नै उपचार सेवा भन्ने रहेको बताए।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आगामी दिनमा यहाँका स्थानीयहरु लक्षित योजनाहरु ल्याउन अस्पताल प्रशासनलाइ अपिल गरे।
अस्पतालले यस वर्षदेेखि एकेडेमिक्स तथा रिसर्च विभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर पाक्षिक रुपमा आयोजना गरिरहेको छ भने बार्षिक रुपमा ग्राण्डे मेडिकल जर्नल समेत प्रकाशन आरम्भ गरेको छ।