रुपन्देही– नेपाल जनस्वास्थ्य संघ, प्रदेश ५ मा भएको निर्वाचनमा नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) प्यानलका विशाल सुवेदीको अध्यक्षतामा प्यानलले अग्रता लिएको छ।
बुटवलमा केन्द्रमा भएको मतगणनामा सुवेदीले ४२ मत ल्याएका थिए। उनका प्रतिद्वन्दी नेपाल जनस्वास्थ्यकर्मी (पेशागत) समूहका भुपराज ढकालले २९ मत ल्याएका छन्।
प्रदेश ५ मा आज भएको निर्वाचनमा ७४ मत खसेको थियो। जसमा १ मत बदर भएको निर्वाचन अधिकृत बुद्धीराज काफ्लेले जानकारी दिए।
यसैगरी, उपाध्यक्षमा प्रगतिशीलका कृष्णप्रसाद पोखरेलले ४२ र पेशागत समूहका उपाध्यक्षमा शैलेन्द्र पान्डेले ३० मत ल्याएका छन्। सचिवमा प्रगतिशीलका उमेशचन्द्र घिमिरले ३७ र पेशागतका बालकृष्ण कँडेल ३३ मत ल्याएका छन्।
सहसचिवमा राजेन्द्र रुचाल ३८ र सन्तोष भट्टराई २७, कोषाध्यक्षमा विनोदकुमार पोख्रेल ४४ र शलीला गौतमले २२ मत ल्याएकी छिन्।
यसगरी, सदस्यहरुमा सरोज रिमालले ५३, पिताम्वर पाठकले ४३, शिव सार्कीले ४१, लेखनाथ न्यौपानेले ३८, कविता श्रेष्ठले ३४, जिवन देवकोटाले २८, गणेशराज पौडेलले २६, र राजु केसीले १८ मत ल्याएका छन्।
समावेशीमा बन्दना अर्यालले ५४, नारायण प्रसाद चौधरीले ३८, सञ्जय हलुवाईले ३० र मोहम्मद मगिर अलीले २१ मत ल्याएको निर्बाचन अधिकृत काफ्लेले बताए।