काठमाडौं—आयुर्वेदका तीनवटै संघसंगठनको संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सक सघं (गोदान) को आन्दोलनमा ऐक्यवद्वता जनाएका छन।
आयुर्वेदलाई पन्छाएर जवर्जस्ती विभेदकारी समायोजन प्रक्रिया अगाडी बढाएको भन्दै केही दिनअङि तीनवटै संघसंगठनको आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले पनि स्वास्थ्यमन्त्री,राज्यमन्त्री र सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै तीन संगठनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विभेदकारी र मनोबल गिराउने कार्य जारी राखेको उल्लेख गरेका छन्र । ‘माग सम्बन्धमा हालसम्म कुनै सुनुवाई नभएकोले बाध्य भै स्वास्थ्य सेवा छोडी कडा आन्दोलनमा होमिन बाध्य हुने र सोको जिम्मेवार स्वयं नेपाल सरकार हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्ती

