काठमाडौं- नेपाल स्वास्थ्य प्राविधिक संघ, जिल्ला कार्यसमिति भक्तपुरमा नयाँ कार्यसमिति चयन भएको छ। संघको दशौं जिल्ला अधिवेशनले पार्थमणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले संघको उपाध्यक्षमा किरणप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा संगिता ढुंगाना, सचिवमा टिकानिधि कोईराला, सहसचिवमा युवराज बुढाथोकीलाई सर्वसम्मत रुपमा चयन गरेको छ।
कार्यसमितिको सदस्यहरुमा नकुल बञ्जारा, लक्ष्मी भट्टराई, गिता बानियाँ, दीक्षिका शाक्य, सुदिप आचार्य, रचना सिलवाल, लक्ष्मी विष्ट चयन भएका छन्।