काठमाडौं– डा गोविन्द केसीले साढे ४ बजेदेखि अनसन सुरु गर्ने भएका छन्। सरकारसँग गरेको सहमति विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा केसीले अनसन सुरु गर्न लागेका हुन्।
समितिले सहमित विपरित विधेयक पास गर्ने संकेत पाए लगत्तै डा केसी इलाम पुगेका थिए। डा केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा अनसन बस्ने भएका छन्।
अनसन सुरु गर्नुअघि डा केसीले पत्रकार सम्मेलन गर्ने बताइएको छ।
अनसनका विषयम राखिएको जिज्ञासामा डा केसीले भने, ‘सरकारले फेरि धोका दिएको छ। सरकारले आफैंले गरेको सम्झौता विपरित विधेयक पारित भएका कारण अनसन सुरु गर्न लागेको हुँ।’
उनले आफूसँग विगतमा गरिएको सहमति अनुसारकै विधेयक आउनुपर्ने माग गरे। डा केसीको यो १६ औं अनसन हो।