समाचार

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा शनिबार प्रदर्शन हुने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा शनिवार माइतिघरमा प्रदर्शन हुने भएको छ। 

डा केसीको समर्थनमा लामो समयदेखि सक्रिय अभियान्ताहरुको अगुवाईमा प्रदर्शन हुन लागेको हो। प्रदर्शन शनिबार मध्यान्न १२ बजे सुरु हुने डा। केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियान्ता प्रितम सुवेदीले जानकारी दिए। 

उनले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागि हुन आह्वान गरिएको बताए। 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने