काठमाडौं– सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा आज (शनिबार) माइतिघरमा प्रदर्शन हुने भएको छ।
डा केसीको समर्थनमा लामो समयदेखि सक्रिय अभियन्ताहरुको अगुवाइमा प्रदर्शन हुन लागेको हो। प्रदर्शन शनिबार मध्यान्न १२ बजे सुरु हुने डा केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।
उनले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको बताए।