समाचार

डा केसी र सरकारबीचको सम्झौता पालना हुनुपर्छ : गच्छदार

स्वास्थ्य खबरपत्रिका

विराटनगर– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संघीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताएका छन्। 

विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको संघीयता कार्यान्वयनमा नेपाली कांग्रेसको सहयोग रहने बताए।

उनले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पारे। 

नेता गच्छदारले डा गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई वाइडबडी विमान विवादमा जोड्नु गलत भएको उल्लेख गर्दै उनले लेखा समितिले विमान खरिद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताए। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने