काठमाडौं– नयाँ बानेश्वरमा अत्याधुनिक लेजर सेन्टरको सेवा सुरु भएको छ। स्किन आर्टस एस्थेटिक्स नाम गरेको उक्त सेन्टरको औपचारिक सुरुवात शुक्रबार भएको हो।
सेन्टरको समुद्घाटन स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका हुन्। उनले चिकित्सा विज्ञानका अत्याधुनिक प्रविधि नेपालमा भित्रिनु खुसीको विषय भएको बताए। ‘यही सेवा लिन लाखौं तिरेर विदेश जानु पर्ने अवस्था थियो,’ उनले भने, ‘नेपालमा नै अत्याधुनिक सेवा भित्रिँदा विदेश जानु पर्ने बाध्यता हट्दै गएको छ।’
स्किन आर्टस नयाँ बानेश्वरको रारा कम्प्लेक्समा रहेको छ। सेन्टरमा कपाल प्रत्यारोपण, पिआरपी थेरापी, चाउरीपनको उपचार, दाग तथा ट्याटु हटाउने, लेजर सेवा, अंग मिलाउने लगायत कस्मेटिक शल्यक्रियाको सेवा समेत उपलब्ध हुने बताइएको छ।
समुद्घाटन कार्यक्रममा सेन्टरका सेवाका विषयमा प्रध्यापक डा. भास्कर मोहन मेहर कायस्थ, डा. लैला लामा ताङबेतानी र डा. संगम रायमाझीले विस्तृतमा जानकारी दिएका थिए।
सेन्टरबाट छालासम्बन्धी सम्पूर्ण उपचार सेवा तथा परामर्श सेवा पनि उपलब्ध गराइने स्किन आर्टसका म्यानेजिङ डाइरेक्टर जागृत खनालले जानकारी दिए।
.jpg)
.jpg)