काठमाडाैँ- संघीयता अनुसारको नयाँ संरचना र कर्मचारी समायोजन अध्यादेश सच्याउनु पर्ने लगायतका माग राख्दै आन्दोलनरत नेपाल हेल्थ असिस्टेन्टसंघ (हान) अाज भएकाे वार्ता निष्कर्षविहिन भएकाे छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएकाे थियाे। मन्त्रालयबाट सदस्यहरूमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईं र समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ रहेका थिए।
हानका तर्फबाट अध्यक्ष दाताराम अधिकारी,उपाध्य मेघनाथ चापागाइ, प्रकाश परियार, हानका प्रदेश नं २ का संयाेजक रविन्द्र साह र सदस्य उदयकुमार महताे वार्तामा उपस्थित थिए।
प्रदेश नं २ का संयाेजक रविन्द्र साहले थुप्रै विकल्पमा छलफल भएकाे तर वार्ता सफल नभएकाे बताउँदै मन्त्रालयले थप वार्ताकाे बाेलाएकाे बताए।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आन्दोलनरत पक्षसँग वार्ता गर्दै समस्या समाधान गर्न टोली गठन गरेका थिए।
संघीय संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई विभेद गरिएको भन्दै देशभरका एचएहरु आन्दोलित भएका छन्।