काठमाडाैँ-सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा शनिवार माइतीघरमा प्रदर्शन हुने भएको छ।
प्रदर्शन साेलाडारिटी फर डा गाेविन्द अलायन्सको अगुवाईमा हुन लागेको हो। डा केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियान्ता प्रितम सुवेदीले प्रदर्शन भाेलि शनिबार मध्यान्ह १२ बजे सुरु जानकारी दिए।
प्रदर्शनमा सहभागी हुन अलायन्सले सामाजिक सञ्जाल मार्फत आह्वान गरेकाे छ।
इलाममा १० दिनदेखि आमरण अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि अाज राति ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियाे। उनलाई अहिले त्रिवि शिक्षण अस्पतालकाे आइसियूमा भर्ना गरिएको छ।