काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आवासिय चिकित्सकहरुको संस्था नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन (एनआरडिए)ले डा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाएको छ।
एशोसिएसनले डा केसीको माग पूरा गरि अनशन तोडाउने ठोस पहल नभए कडा आन्दोलनको चेतावनी समेत दिएको छ।
एशोसिएसनले विज्ञप्ति जारी गर्दै विगतको सहमतिअनुरुप चिकित्सा शिक्षा ऐन पारित गर्न र डा जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकासँग माग गरेको छ।
