काठमाडौं- गैरसरकारी चिकित्सकहरुले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग पूरा गर्न माग गरेको छ।
गैरसरकारी चिकित्सकहरुको संस्था ननगभरमेन्ट डक्टर्स एसोसिएसन नेपालले विज्ञप्ति जारी गर्दै डा केसीको माग पूरा गर्दै उनको जीवनरक्षा गर्न सरकारसँग माग गरेको हो।
एसोसिएसनका महासचिव डा रितेश थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एउटै कुराको लागि बारम्बार अनसन बस्नु पर्ने वातावरण सृजना हुनु दुःखद भएको उल्लेख छ।
