धनगढी- स्थानीय तह तथा सरोकारवालासंग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्धन जीवनशैली सम्बन्धी दुई दिने छलफल कार्यक्रम बुधबारदेखि धनगढीमा शुरु भएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सञ्चालन भएको दुई दिने कार्यक्रममा पतंजली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रशिक्षण दिइरहेका छन्।
आयुर्वेद सेवाको प्रवद्र्धनका लागि स्थानीय तहले गर्नुपर्ने भुमिकाका बारेमा सो कार्यक्रममा जानकारी दिइने आयुर्वेद तथा वैकल्पिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले बताए। उनले स्थानीय तहले आयुर्वेदको प्रवद्र्धन गर्न वजेट विनियोजन गर्नुपर्ने, हरेक वडामा योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी दिउन भनेर कार्यक्रम सञ्चालन गरिएको बताए।
छलफलमा स्थानीय तहका जनप्रतिनिधीलाई आयुर्वेदको परिचय तथा आयुर्वेद स्वास्थ्य संस्थाबाट संचालन हुने सेवा, आयुर्वेदका सकारात्मक पक्ष, जडिवुटीको महत्व र सुदुरपश्चिम प्रदेशमा यसको खेतीको सम्भावना र मुख्य जडिबुटी, योगको परिचय तथा महत्व, नसर्ने रोग व्यवस्थापन र जिवनशैलिगत रोग नियन्त्रणमा आयुर्वेद र योगको भुमिका, स्मरण शक्ति बढाउने, आत्मविश्वास र व्यतिmत्व विकासका लागि आसन र प्राणायाम, दिनचर्या, मुख्य १० जडिबुटिहरु र आठ प्राणायामको अभ्यास लगायतका बारेमा जानकारी दिएको छ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।