हुम्ला- लगातारको हिमपातले जिल्ला अस्पताल हुम्लाको सेवा प्रभावित भएको छ। उपचाररत बिरामी चिसोले कठ्यांग्रिएका छन् भने नयाँ बिरामी अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ।
सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ।
हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको। सिमकोटमा झन्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम निकै कम हुँदा आवतजावतसमेत बन्द भएको छ।
हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा आवतजावत बन्द भएको हो।
बिरामी जाँचमा व्यस्त डाक्टर
जिल्ला अस्पतालको प्रशासन कार्यालयको भवन
जिल्ला अस्पतालको प्रशासन कार्यालयबाट बाहिर आउँदै गरेका कर्मचारी
नेपाल रेडक्रसको कार्यालय