गाेरखा- लामो समयसम्म क्यान्सर रोगबाट थलिएका गोरखा अजिरकोटका झगेश्वर अधिकारीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
गोरखा कांग्रेसका महासमिति सदस्य वेद प्रसाद काप्री (माइला) र जिल्ला सदस्य सिजर भट्टको पहलमा आर्थिक सहयोग संकलन गरी १ लाख हस्तान्तरण गरिएको छ।
क्यान्सर पिडित अधिकारीलाई राजबाबु श्रेष्ठ,पिताम्बर बडु,मिलनबाबु, विष्णु पोखरेल, प्रेम खत्री,लिकलुबाबु र राजन जोशी लगायतले सहयोग गरेका थिए।
अधिकारी गोरखामा सामाजिक कार्यमा सक्रिय छन्।