काठमाडौं- प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले संघको नँया कार्यसमिति पनि चयन गरेको छ।
शनिबार राजधानीमा आयोजित संघको प्रथम राष्ट्रिय महाधिवेशनले डा रामचन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
तीन वर्षे कार्यकाल भएको संघको उपाध्यक्षमा डा अजय चौधरी, महासचिवमा डा वंशदीप खरेल, सचिवमा डा सुदर्शन पोख्रेल र कोषाध्यक्ष डा ऐश्वर्या श्रेष्ठ चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा डा जितेन्द्र श्रेष्ठ, डा सुमन खनाल, डा हेमन्त शाही, डा ऋषि केशव भूसाल, डा नविन झा, डा लक्ष्मेश्वर मण्डल र डा सबिना खड्का चयन भएका छन्।