काठमाडौं- नेपाल रेडियोलोजिष्ट एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनको शनिबार भएको वार्षिक साधारण सभाले डा दानबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
एसोसिएसनको उपाध्यक्षमा डा प्रकाश कायस्थ, महासचिवमा डा अनामिका झा, सहसचिवमा डा कृष्ण बुढाथोकी, कोषाध्यक्षमा डा सुन्दर सुवाल र सह कोषाध्यक्षमा डा मनिन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
सदस्यहरुमा डा प्रकाश शर्मा, डा सूर्यप्रसाद सापकोटा र डा कल्पना राई निर्वाचित भएकाछन्।