काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
यही माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेकी उनको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसोदेखि उनलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ।
उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानी पश्चात् उनलाई घर फर्काउन सकिनेछ। रासस