काठमाडौं— धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नेपाल एसविआइ बैंक लिमिटेडका कार्ड होल्डरहरुलाई सम्पूर्ण सेवामा १० प्रतिशत छुट दिने भएको छ ।
अस्पताल र एसविआइ बैंकबीच मंगलबार भएको द्विपक्षीय सम्झौता पछि सो बैंकका कार्ड होल्डरहरुले सेवामा छुट पाउने भएका हुन् ।
अस्पतालका वरिष्ठ चिकित्सकहरु डा भगवान कोइराला, डा अर्जुन कार्कीलगायतको उपस्थितिमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी र एसविआइ बैंकका सिइओ शोभाकान्त कानुन्गोले साे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।