काठमाडौं- आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा शाखा स्थापना गरेको छ। आवरण स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा दरबारमार्गमा नयाँ शाखाको सेवा सुरु गरिएको हो।
शाखाको पूर्व मिस नेपाल माल्भिका सुब्बाले औपचारिक उद्घाटन गरेकी छिन्।
छाला र कपाल सम्बन्धी उपचार तथा अन्य विभिन्न सेवाका लागि नयाँ शाखामा गुणस्तरीय उपकरणको व्यवस्था गरिएको आवरणका संस्थापक अध्यक्ष डा रुपक घिमिरेले जानकारी दिए।
आवरण ०७२ फागुन १ गते बत्तिसपुतलीमा स्थापना भएको थियो। डा घिमिरेसहित डा सविना भट्टराई, डा एलिज अर्याल, डा वर्षा घिमिरे, नर्स सिमा कोइराला र जानकी श्रेष्ठ मिलेर बत्तिसपुतलीमा तीन वर्ष अघि सेवा सुरु भएको थियो।
आवरणले हालसम्म ११ हजार भन्दा बढीलाई सेवा दिइसकेको छ। तीन वर्षको अवधिमा क्लिनिकमा १८ देशका नागरिकले छाला र कपला सम्बन्धी समस्याको उपचार गरेको बताइएको छ।
